काठमाण्डु– काठमाण्डु–तराईरमधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सबैभन्दा लामो महादेवटार सुरुङमार्गको दायाँ ट्युब बुधबार (आज) ब्रेकथ्रु हुने भएको छ। ३ हजार ४२२ मिटर लामो सुरुङ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा छिचोल्ने तयारी नेपाली सेनाले गरेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले आज महादेवटार सुरुङको दायाँ ट्युब ब्रेकथ्रु हुने बताएका छन्। यसअघि ३ हजार ४८६