काठमाडौं । कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा चोरी भएको छ। बुधबार बिहानै एक व्यक्ति झ्यालबाट भित्र पसेर कम्प्युटर लिएर भागेको हो। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा. महावीर पुनले सामाजिक सञ्जालमा चोरीको भिडियो सार्वजनिक गर्दै घटनाबारे जानकारी दिएका छन्। केन्द्रमा जडान गरिएको सीसीटीभी क्यामेरामा चोरीमा संलग्न व्यक्ति झ्यालबाट भित्र प्रवेश गरेको र कम्प्युटर लिएर बाहिरिएको दृश्य देखिएको