काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशको सम्भावना कायम राख्न आज काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको एलिमिनेटर खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ। आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता टोलीले दोस्रो क्वालिफायरमा स्थान