काठमाडौं : १० औं संस्करणको अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता आगामी पुस पहिलो साता हुने भएको छ। अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा हुने प्रतियोगिता पुस १ देखि ४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुन लागेको हो। नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग र माइस इन्टरनेसनल सर्भिसको व्यवस्थापनमा सञ्चालन हुने प्रतियोगितामा चार विधामा ९ इभेन्टमा प्रतिस्पर्धा हुने अन्नपूर्ण मिडिया नेटवर्कका कार्यकारी निर्देशक लालबहादुर ऐरीले जानकारी दिए। प्रतियोगिता