एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा, ३४१४ जना नेता-कार्यकर्ता सहभागी हुने

  • बुधबार ३ मंिर २०८३ ०८:०० AM
काठमाडौं : नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ। आज बिहान ११ बजेबाट बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु हुने भेलाको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। उपमहासचिव लेखराज भट्टले एमालेले आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारीका लागि राष्ट्रिय भेला आयोजना गरिएको जानकारी दिए। बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गरेको उनले बताए। गत असोज ५ गतेदेखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरुको कार्यान्यवन