रुसमा सैन्य विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

  • बुधबार ३ मंिर २०८३ ०१:५६ AM
एजेन्सी– रुसमा सैन्य प्रयोजनका लागि प्रयोग हुने यातायात विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार एएन–१२ विमान मंगलबार साइबेरियाको केमेरोभो क्षेत्रमा नियमित उडानका क्रममा दुर्घटनाग्रस्त भएको हो । विमान मानव बस्ती नभएको क्षेत्रमा खसेको थियो । प्रारम्भिक अनुमानअनुसार प्राविधिक खराबीका कारण दुर्घटना भएको मन्त्रालयले जनाएको छ