न्युजिल्यान्डको वर्क भिसामा कडाइ गर्दै सरकार

  • बुधबार ३ मंिर २०८३ ०७:०० AM
न्युजिल्यान्ड : न्युजिल्यान्ड सरकारले वर्क भिसा (काम गर्नका लागि दिइने भिसा)मा कडाइ गर्ने भएको छ । अध्यागमन कर्मचारीबाट वर्क भिसा जारी गर्दा केही गम्भीर तथा महत्त्वपूर्ण जोखिमका विषयमा ध्यान नपुगेको र त्यसले समस्या निम्त्याएको भन्दै आगामी दिनमा त्यस्ता महत्त्वपूर्ण विषयमा थप सजग भएर अध्यान गरेपछि मात्र भिसा जारी गर्न भनेको छ । न्युजिल्यान्ड इमिग्रेसन हालै गरिएको समीक्षाले विशेषगरी मान्यता प्राप्त रोजगारदाता वर्क भिसा (एक्रिडिटेड एम्प्लोयर वर्क भिसा–एईडब्लुभी) सम्बन्धी केही निर्णय