केश्म टापुमा अमेरिकी आक्रमण भएको इरानको आरोप, होर्मुजमा पाँच तेल ट्यांकरमा क्षति

  • बुधबार ३ मंिर २०८३ ०२:०० AM
काठमाडौँ : इरानले आफ्नो दक्षिणी क्षेत्रस्थित केश्म टापुमा अमेरिकाले आक्रमण गरेको आरोप लगाएको छ । मंगलबार राति टापुका विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएपछि इरानी अधिकारीहरूले अमेरिकी सेनाले आक्रमण गरेको दाबी गरेका हुन् ।इरानको सरकारी समाचार संस्था इरनाका अनुसार होर्मोज्गान प्रान्तका उपगभर्नर अहमद नाफिसीले आक्रमणबाट टापुका आवासीय, व्यावसायिक तथा पूर्वाधार क्षेत्रमा क्षति नपुगेको बताएका छन् । उनले टापुको अवस्था नियन्त्रणमा रहेको र सरकारी निकायलाई उच्च सतर्कतामा राखिएको जानकारी दिएका छन् ।यसैबीच,