लुम्बिनी लायन्स फाइनलमा, फेरि हार्यो सुदूरपश्चिम रोयल्स

  • बुधबार ३ मंिर २०८३ १२:०० AM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको छ। लिग चरणमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो। दोस्रो संस्करणको एनपीएलको उपाधीका लागि पनि यी दुई टोलीले प्रतिस्पर्धा गरेका थिए। तर दोस्रो संस्करणको फाइनलमा पनि लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराएको थियो। किर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाए