काठमाडौ : प्रहरीले ललितपुरबाट स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ नगदसहित तीन जनालाई पक्राउ गरेको छ। ललितपुरको एकान्तकुना क्षेत्रमा नेपाल राष्ट्र बैंकको आदेश तथा निर्देशनविपरीत गैरकानूनी रूपमा स्रोत नखुलेको रकम ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। ललितपुर महानगरपालिका–४, नख्खु दोबाटो चोकमा सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च २७६५ नम्बरको मिनी