काठमाण्डु – साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको हो । सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ दशमलव ४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।