भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको सम्मानमा राजकीय भोज आयोजना गर्ने भएकी छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते दुईदिने भ्रमणका लागि भारत जाँदै छन्। भ्रमणको दोस्रो दिन मंसिर ७ गते बिहान नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई औपचारिक स्वागतसहित गार्ड अफ अनर प्रदान गरिने कार्यक्रम छ।