सिमरा : बारामा पाँच दशकभन्दा पुरानो एउटा बस्तीलाई अदालतले हटाउन आदेश दिएसँगै यहाँका झण्डै एक सय घरपरिवार यतिबेला बिचल्लीमा परेका छन्। बर्षौदेखिको बसोबास रहेको जीतपुरसिमरा उपमहानगरपालिका–८ गम्मरगाँवा टोलको बस्तीलाई हटाउन बारा जिल्ला अदालतबाट आदेश भएको भन्ने खबर सुनेयता बस्तीका स्थानीय रातभर सुत्न सकेका छैनन्।अदालतको आदेशले स्थानीयलाई बिचल्ली हुने चिन्ता त छँदैछ त्यसमाथि वर्षौदेखिको अस्तित्व र पहिचाननै गुम्ने तनावले सताउन थालेको छ। अदालतको आदेशले सानो र जीर्ण टहराभित्र जेनतेन जीवन निर्वाह गर