ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेटवार्ता

  • मङगलबार २ मंिर २०८३ ०१:०२ PM
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री श्रेष्ठले राजदूत दलेलालाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन ऊर्जा तथा जलस्रोतका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए । उनीहरुबीच भूमिगत जलस्रोतको पुनर्भरणसम्बन्धी अध्ययन तथा अनुसन्धानमा दुई देशबीच सहकार्य गर्ने विषयमा छलफलमा भएको थियो । त्यस्तै, अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तारको सम्भावना, निर्माणाधीन परियोजनालाई निर्धारित समयमै सम्पन्न गर्ने तथा विद्युत् निर्यातको सीमा बढाउन आवश्यक सहजीकरण गर्ने विषयमा पनि विचार विमर्श भएको थियो । यसैगरी, उनीहरुबीच ... The post ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेटवार्ता appeared first on Kalika Khabar.