घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु

  • मङगलबार २ मंिर २०८३ ०७:०० PM
चितवन : पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा माथिबाट खसेको ढुङ्गा लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले ललितपुर महानगरपालिका–२० निवासी ६१ वर्षीय गङ्गाराम महर्जनको मृत्यु भएको जानकारी दिए।उनका अनुसार आज दिउँसो काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलमाथि सडकको माथिल्लो भागबाट एक्कासी ढुङ्गा खसेको थियो। ढुङ्गाले लागेर मोटरसाइकल चालक महर्जन गम्भीर घाइते भई उपचारका लागि भरतपुर