नेकपा एमालेले बुधबार सुरु हुने राष्ट्रिय भेलामा स्थानीय तहको निर्वाचनको तयारी र पार्टी सङ्गठन परिचालनलाई प्राथमिकता दिने भएको छ । भेलामा ३ हजार ४१४ जना सहभागी हुने एमालेले जनाएको छ । पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको स्थायी कमिटी बैठकले भेलाको तयारीबारे छलफल गरेको थियो । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार बैठकमा स्थानीय चुनावका लागि पार्टी