काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सको कसिलो बलिङमा पावरप्लेमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ २० रनमा खुम्चिएको छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पावरप्लेमा ३ विकेट गुमाउँदै २० रन बनाएको हो। रुबेन ट्रम्पलमेनले पहिलो बलमा नै जर्ज मुन्से गोल्डेन डक भए। उनी खेलको पहिलो बलमा नै बोल्ड आउट भए। अभिषेश गौतमले विनोद भण्डारीको क्याच मिस गरे। १.५ ओभरमा १ रनमा उनले जीवनदान पाए। दोस्रो वि