मलंगवा : सामाजिक सञ्जालमा प्रहरीसँग सम्बन्धित मिथ्या तथा भ्रामक सूचना प्रकाशन एवं प्रसारण गरेको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार पक्राउ पर्नेमा कविलासी नगरपालिका–७ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–८, गडहिया डुमरियाका ३२ वर्षीय आलम बैठा रहेका छन्। प्रहरीले पासवानले आफ्नो व्यक्तिगत फेसबुक खाता र बैठाले आफूले सञ्चालन गरेको फेसबुक पेजमार्फत भ्रमपूर्ण सूचना पोस्ट गरेको जनाएको छ। उनीहरूले प्रहरीबाट पक्राउ