काठमाण्डु- सशस्त्र प्रहरी बल, नेपालको पोशाक दुरुपयोग गरी सडकपेटीमा सुतिरहेको व्यक्तिको भिडियो सामाजिक सञ्जालमा प्रसारण गर्नेहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। सशस्त्र प्रहरी बलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै भिडियोमा देखिएका व्यक्ति संगठनका सदस्य नभएको स्पष्ट पारेको छ। भिडियोमा देखिएका व्यक्तिले सशस्त्र प्रहरीको कम्ब्याट पोशाकको पाइन्ट लगाएको पाइएको बलले जनाएको छ। ती व्यक्तिलाई सशस्त्र प्रहरीकै