गृहमन्त्री सुदन गुरुङले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं दुबईका क्राउन प्रिन्स शेख हमदान बिन मोहम्मद बिन रशिद अल मकतूमसँग भेटवार्ता गरेका छन्। यूएईको औपचारिक भ्रमणमा रहेका गृहमन्त्री गुरुङले दुबईमा आयोजित विश्व प्रहरी सम्मेलन २०२६ का अवसरमा क्राउन प्रिन्ससँग भेट गरेका हुन्।