काठमाडौं । काठमाडौंको नख्खुबाट ठूलो रकमसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोराभित्र एक करोड ६७ लाख ३३ हजार २३० रकमसहित तीनजनालाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा मंगलबार बिहान सवा १० बजेतिर पशुपतिनाथ पराग सप्लायर्सको कम्पनीमा काम गर्ने तीन जना सवार बा प्र १ ०२७ च २७६५ नम्बरको भ्यान चेकजाँच गर्ने क्रममा रकम फेला परेको हो । पक्राउ पर्नेमा भोजपुर घर भई कोटेश्वर बस्ने कम्पनीका मार्केटिङ हेर्ने ३० वर्षीय दीपक खड्का, भ्यानका चालक गोदावरी बस्ने ३२ वर्षीय जयराम केसी र बानेश्वर बस्ने लोडरको काम गर्ने ... The post बोरामा बोकेर हिँडेको एक करोड ६७ लाख रकमसहित तीनजना नख्खुबाट पक्राउ appeared first on Kalika Khabar.