काठमाडौं : सिन्धुलीको गोलन्जोर गाउँपालिका –०७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । मंगलबार दिउँसो २ बजेतिर जनकपुरबाट काठमाडौं आउँदै गरेको म प्र ०४-००१ ज ०२४३ नम्बरको माइक्रोबस आफैं अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेर दुर्घटना भएको हो ।दुर्घटनामा गाडीमा सवार १४ जनामध्ये सबै घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको छ । घाइतेमध्ये ९ जनाको विवरण खुलिसकेको छ भने ५ जनाको विवरण खुल्न बाँकी छ।घटनाको ज