बर्दिबास : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महोत्तरी जिल्ला उप–सभापति चन्द्रकिशोर महतोमाथि महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रमोद कुमार महतो लगायतका व्यक्तिहरूले हातपातको प्रयास, गालीगलौज तथा अभद्र व्यवहार गरेको आरोप लागेको छ।रास्वपा महोत्तरीले प्रेस नोट जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। घटना बर्दिबासको हो। प्रतिनिधि सभा सदस्य महतोको निर्देशनमा घटना भएको आरोप लागेको छ। ‘संगठनको जिम्मेवार तहमा रहेका नेतृत्वमाथि जनप्रतिनिधिकै निर्देशन