सिन्धुली : बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको पलासेमा माइक्रोबस दुर्घटना हुँदा गम्भीर घाइते भएका ५ जनालाई हेलिकोप्टरमा पठाउने तयारी भएको छ।इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार मंगलबार दिउँसो २ बजेतिर जनकपुरबाट काठमाडौं आउँदै गरेको म प्र ०४-००१ ज ०२४३ नम्बरको माइक्रोबस आफैं अनियन्त्रित भई सडकबाट अधेरी खोलाको बगरमा खसेर दुर्घटना हुँदा १४ जना घाइते भएका हुन्।दुर्घटनामा गम्भीर घाइते भएका धनुषा सहिलनगर नगरपालिकाका १४ वर्षीय पियुस गोहित, ३ वर्षीया बम साह, १५ वर्षीय प्रिन्स साह, जनकनन्दिनी गाउँपालिका