लुम्बिनी लायन्सले टस जितेर सुदूरपश्चिमविरुद्ध बलिङ गर्ने

  • मङगलबार २ मंिर २०८३ ०५:०० PM
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायर्समा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन्। टस हारेको सुदूरपश्चिम रोयल्सले पहिलो इनिङ्समा ब्याटिङको निम्तो पाएको छ। अंकतालिकामा पहिलो र दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायर खेलिरहेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सको क्रमश ११ र १० अङ्क रहेका छन्