पाँचखालको रिसोर्टबाट ३६ जना चिनियाँ नागरिक प्रहरी नियन्त्रणमा

  • मङगलबार २ मंिर २०८३ ०५:०० PM
 काभ्रे : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले रिसोर्टमा बस्दै आएका ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले मंगलबार दिउँसो नियन्त्रणमा लिएको अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। केही दिनयता पाँचखालका विभिन्न घर तथा होटलहरू भाडामा लिएर चिनियाँ नागरिकहरू बस्न थालेपछि स्थानीयवासीले चासो व्यक्त गरेका थिए । उनीहरूको गतिविधिबारे स्थानीयस्तरमा चासो बढेपछि प्रहर