काठमाण्डु- होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दशैं विशेष योजना ‘यो दशैं, आशाको सुरुवात’ अन्तर्गत सातै प्रदेशबाट पहिलो तीन साताका विजेताहरू सार्वजनिक गरेको छ। कम्पनीले ‘होण्डा छ साथ साथ’ अभियानमार्फत प्रत्येक प्रदेशबाट हरेक हप्ता एक जना गरी सात जना विजेता छनोट गरेको हो। विजेताहरूले १० हजारदेखि एक लाख रुपैयाँसम्म नगद पुरस्कार प्राप्त गर्नेछन्।