ऊर्जामन्त्री श्रेष्ठसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट

  • मङगलबार २ मंिर २०८३ १०:१९ AM
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा ऊर्जा, जलस्रोत र सिँचाइका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । मन्त्री श्रेष्ठले राजदूत दलेलालाई स्वागत गर्दै उनको सफल तथा उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका