अदालतको निर्णयबारे सार्वजनिक रूपमा बोल्नसमेत अप्ठ्यारो हुने अवस्था आयो : केपी ओली

  • मङगलबार २ मंिर २०८३ ०९:४० AM
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट भएका फैसलाप्रति असन्तुष्टि जनाउँदै न्याय सम्पादनमा ढिलाइ भएको टिप्पणी गरेका छन्। अदालतको निर्णयबारे सार्वजनिक रूपमा बोल्नसमेत अप्ठ्यारो हुने अवस्था रहेको भन्दै उनले आफूविरुद्ध अर्को मुद्दा थपिन सक्ने कताक्ष गरेका हुन्। अखिल नेपाल किसान महासंघको केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले समयमै फैसला नगरेको भन्दै प्रश्न उठाए। निर्वाचनअघि नै टुंगिनुपर्ने मुद्दा लामो समयसम्म विचाराधीन रहेको उनको भनाइ थियो। उनले भने, ‘हामीलाई सरकारमा जान नदिन, गत वर्ष अत्यन्तै असंवैधानिक ढङ्गले सरकार उल्टाइयो। प्रतिनिधिसभा असंवैधानिक ढङ्गले, अधिकारविहीन व्यक्तिहरूका ... The post अदालतको निर्णयबारे सार्वजनिक रूपमा बोल्नसमेत अप्ठ्यारो हुने अवस्था आयो : केपी ओली appeared first on Kalika Khabar.