विनाशकारी बाढीपछि आमाछोदिङमोमा बस सेवा पुनःसुरु

  • मङगलबार २ मंिर २०८३ ०४:०० PM
रसुवा : गत भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीले सडक तथा पुल बगाएपछि अवरुद्ध आमाछोदिङमो गाउँपालिकामा बस सेवा पुनःसुरु भएको छ। आमाछोदिङमो गाउँपालिका–३ गतलाङदेखि स्याफ्रुबेसी फट्के पुलसम्म नियमित बस सेवा सञ्चालनमा आएको हो। स्याफ्रुबाट फड्के पुर तरेर अर्को बस चढेर काडमाण्डौ जान सकिने भएको छ । लामो समयदेखिको प्रयासपछि गतलाङ, चिलिमे र गोल्जुङहुँदै स्याफ्रुबेसीसम्म सार्वजनिक बस चल्न थालेको हो।बिहान ७ः३० बजे गतलाङबाट स्याफ्रुबेसीतर्फ छुट्ने बस साँझ २ बजेपछि सोही बाटो हुँदै पुनः गतलाङ फ