काठमाडौं : नेपाल विद्युत प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजारको डे–अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत आयात गर्न नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको हो । प्राधिकरणले आजदेखि २०८४ साउन १५ गतेसम्म विद्युत् आयात गर्न पाउनेछ । यसअनुसार बिहान ५ बजेदेखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा आईएक्सबाट