ओखलढुङ्गामा प्रादेशिक अस्पताल निर्माण हुने : अनसन स्थगित, सरकारसँग ५ बुँदे सहमति

  • मङगलबार २ मंिर २०८३ ०४:०० PM
ओखलढुङ्गा : मानेभञ्ज्याङ गाउँपालिका-७, टोकसेलमा प्रादेशिक अस्पताल तथा मेडिकल कलेज निर्माणको माग गर्दै सुरु भएको आमरण अनसन पाँचबुँदे सहमतिसँगै स्थगित भएको छ। वर्षौंदेखि जग्गा उपलब्ध गराइए पनि राज्यको बेवास्ताका कारण अस्पताल निर्माणको काम अघि नबढेको भन्दै स्थानीय स्तरमा चर्को असन्तुष्टि देखिएको थियो। यसअघि स्थानीय बासिन्दाले आफ्नो मागको सुनुवाइ नभएको भन्दै निर्वाचन समेत बहिष्कार गरेका थिए।विगतमा भएको सम्झौता र प्रतिबद्धता कार्यान्वयन नभएपछि प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका लागि संघर्ष समित