काठमाडौं : राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मागअनुसार उत्पादन वृद्धि नहुँदा विगत केही वर्षदेखि कफीको आयात निरन्तर बढिरहेको जनाएको छ।२२ औँ राष्ट्रिय कफी दिवसका अवसरमा मङ्गलबार काठमाडौँको कीर्तिपुरमा मूल समारोह आयोजना गर्दै बोर्डले स्वदेशी तथा विदेशी बजारमा नेपाली कफीको बढ्दो मागका बिच उत्पादन वृद्धि नहुँदा विगत केही वर्षदेखि आयात निरन्तर बढिरहेको जनाएको हो। आर्थिक वर्ष २०८२/८३ मा नेपालमा ७९० मेट्रिक टन ‘ग्रिन बिन’ कफी उत्पादन भएको तथ्याङ्क छ। त्यस्तै, सोही आर्थिक वर्षमा १९ करोड ४७