काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक शुक्रबार बस्ने भएको छ। आज बसेको स्थायी कमिटी बैठकले शुक्रबार बैठक बोलाइएको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिए।यस अगाडि शनिबार बैठक बस्ने तय भएको थियो। एमालेले आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारीका लागि मंसिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गरेको छ। उक्त भेलाको तयारीका बारेमा पनि आज छलफल भएको उनले बताए।