काठमाण्डु– आगामी हिउँदयाममा विद्युत् अभाव भएर फेरि लोडसेडिङ गर्नुपर्ने हो कि भन्ने आशङ्का हटेको छ । नेपाल विद्युत् प्राधिकरणले हिउँदको माग व्यवस्थापन गर्न भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएसँगै आपूर्ति व्यवस्था सहज हुने भएको हो । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाललाई आगामी साउन १५ सम्म भारतीय ऊर्जा विनिमय बजारबाट विद्युत् खरिद