नेपाल–भारत ऊर्जा सहकार्य विस्तारमा जोड, विद्युत् निर्यात सीमा बढाउने विषयमा छलफल

  • मङगलबार २ मंिर २०८३ १०:०५ AM
काठमाण्डु– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–भारतबीच ऊर्जा तथा जलस्रोतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। मन्त्री श्रेष्ठले भूमिगत जलस्रोतको पुनर्भरण, अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तार र विद्युत् निर्यातको सीमा बढाउन भारतीय पक्षसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।