काठमाडौं । वरुण वेभरेज प्रालि फेरि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस, २०८३ को अवसरमा नेपालमा पेप्सी कम्पनीका नामले परिचित वरुण वेभरेज प्रालि सम्मानित भएको हो । मंगलबार आन्तरिक राजश्व विभागमा आयोजित एक विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वरुण वेभरेजलाई विशेष उद्योगमध्ये उच्च कर तिर्ने संस्थाको रुपमा सम्मानित गरेका हुन्