यति एयरलाइन्सको सीईओमा युवराज विष्ट नियुक्त

  • मङगलबार २ मंिर २०८३ ०९:३९ AM
काठमाडौं । यति एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युवराज विष्ट नियुक्त भएका छन् । कम्पनीले मंगलबारदेखि लागू हुने गरी उनलाई सीईओको जिम्मेवारी दिएको हो । सन् २००९ मा म्यानेजमेन्ट ट्रेनीका रूपमा यति एयरलाइन्समा प्रवेश गरेका विष्ट १८ वर्षभन्दा बढी समयदेखि कम्पनीमा कार्यरत छन् । उनको नियुक्तिसँगै निवर्तमान सीईओ सुवास सापकोटालाई कम्पनीले बिदाइ गरेको छ