ब्राउन सुगरको ‘फ्यामिली बिजनेस’ : भारतबाट नेपाल छिर्दै गर्दा परिवारै पक्राउ

  • मङगलबार २ मंिर २०८३ ०३:०० PM
विराटनगर : लागुऔषध तस्करीमा नयाँ–नयाँ तरिका अपनाउने गरिएको उदाहरण मोरङको रंगेलीमा फेला परेको छ। भारतबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) नेपाल भित्राउन एकै परिवारका सदस्य परिचालन गरिएको खुलेको छ। प्रहरीले भारतीय बाबु,आमा र छोरालाई लागुऔषधसहित पक्राउ गरेपछि सीमापारिबाट नेपालतर्फ हुने लागुऔषध तस्करीमा परिवारकै संलग्नता देखिएको हो। मोरङको रंगेली नगरपालिका–४ स्थित चोप्राहा बोर्डरमा सोमबार साँझ पक्राउ परेका तीनै जना भारतको बिहारस्थित अररिया जिल्लाका हुन्। पक्राउ पर्नेमा ४५ वर्षीय रघ