सिमरा : बाराको निजगढ नगरपालिका–११ रतनपुरमा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोल्हबी नगरपालिका–७ दोधर्पाका २४ वर्षीय राहुल सहनी रहेका छन् ।रतनपुरबाट कोल्हबीतर्फ आउँदै गरेको म.प्र.०३–०४१ प ००४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आफैं दुर्घटना हुँदा पछाडि सवार सहनी घाइते भएका थिए । उनको उपचारका क्रममा गण्डक अस्पतालमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ । छातिमा चोट लागेका उनलाई निजगढस्थित सामुदायिक अस्पतालबाट थप उपचारका लागि वीरगन्ज ल