काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई छिटो, सहज, पारदर्शी तथा प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले “Loan Application Tracking” सेवा सञ्चालनमा ल्याएको छ। यस सेवामार्फत ग्राहकले बैंकमा पेश गरेको कर्जा आवेदनहरूको अवस्था तथा प्रगतिसम्बन्धी जानकारी डिजिटल माध्यमबाट सहजै प्राप्त गर्न सक्ने मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए।ग्राहक सेवा तथा डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै बैंकले निरन्तर Digital Tran