अर्घाखाँची : नेपालमा मात्र पाइने दुर्लभ तथा मौलिक प्रजातिको चरा काँडे भ्याकुर अर्घाखाँचीको शितगंगा नगरपालिकास्थित ठाडादह क्षेत्रमा पहिलोपटक देखिएको छ। जिल्लाको दक्षिणी क्षेत्रमा पहिलोपटक यो चरा अभिलेख हुनु यहाँको जैविक विविधताका दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ।डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर देखिएको अभिलेख वा जानकारी थिएन। ठाडादह क्षेत्रमा यसको उपस्थिति पुष्टि हुनुले अर्घाखाँचीको वन तथा प्राकृतिक बासस्थानमा पाइने चराहरूको विविधता थप उजा