पक्राउ नै नपरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको भनी फेसबुकमा सूचना प्रकाशन गरेको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार नियन्त्रणमा लिइएकामा कविलासी नगरपालिका-७ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका-८, गडहिया डुमरियाका ३२ वर्षीय आलम बैठा छन् । पासवानले आफ्नो व्यक्तिगत फेसबुक खाताबाट र बैठाले आफूले सञ्चालन