मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा

  • मङगलबार २ मंिर २०८३ ०१:११ PM
काठमाडौं । उपत्यकाका तीन जिल्लाले आजदेखि ‘पशु बधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा ल्याएका छन् ।       काठमाडौं, ललितपुर, र भक्तपुरका तीन जिल्लाले आजदेखि  उक्त ऐन कार्यान्वयनमा ल्याएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।   उक्त कानुन जारी भएको २८ वर्षपछि कार्यान्वयनमा आएको हो । काठमाडौँ, भक्तपुर र ललितपुरका २१ स्थानीय तहबाट उक्त ऐन कार्यान्वयन गरिएको मन्त्रालयका सहप्रवक्ता एवं वरिष्ठ कृषि अर्थविज्ञ डा लालकुमार श्रेष्ठले  जानकारी दिए ।     योसँगै अव्यवस्थित ठाउँमा पशु बध गरेर उपभोक्तासम्म अस्वस्थ मासु पुग्ने क्रम रोकिने विश्वास गरिएको छ । सरकारले गत भदौ १ गते नै राजपत्रमा सूचना प्रकाशन गरी देशभर तीन चरणमा ऐन लागू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । त्यसैअनुसार पहिलो चरणमा आजदेखि ऐन कार्यान्वयनमा आएको हो ।    आजदेखि पहिलो चरणमा काठमाडौँ उपत्यकाका तीन जिल्लाका २१ स्थानीय तहमा यो ऐन लागू भएको छ । ऐन कार्यान्वयन भएसँगै जथाभावी पशु बध गर्न र मासु बेच्न नपाइने भएको छ ।