वीरगन्ज: छठघाटमा चर्को स्वरमा डीजे बजाएर होडबाजी गर्ने ५ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १७ केहुनिया र वडा नम्बर १९ बर्वास्थित तिलावे नदीको दुवै किनारमा बनाइएका छुट्टाछुट्टै छठघाटमा गत आइतबार साँझ चर्को स्वरमा डीजे बजाएर होडबाजी गरिएको थियो।सोही घटनामा संलग्न ५ जना युवकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का २२ वर्षीय रोशन पटेल, २५ वर्षीय चन्दन पटेल, वडा नम्बर १० का पृथ्वी कार्की, बाराको प्रसौनी गाउँपालिका