गोरखा: पहिरो जो कोही (पहाडवासी) नेपालीका लागि नौलो घटना हुँदै होइन तर, केही महिनाको अन्तरालमा ठूल्ठूला धेरै पहिरो गइरहन्छ भने यसको रहस्य खोज्नु आवश्यक छ ।गोरखामा यस वर्ष बेमौसमी पहिरोका धेरै घटना भए । भन्नेले त पहिले सामाजिक सञ्जाल थिएन, पहिरो गए पनि आसपासका बाहेकलाई थाहा हुन्थेन । अहिले सामाजिक सञ्जालका कारण सूचना फैलिएको हो मात्र पनि भन्न सक्छन् । तर त्यो मात्र होइन । गत शनिबार धार्चे गाउँपालिकामा ठूलो सुख्खा पहिरो गयो । प्रत्यक्षदर्शी प्रदीप खत्रीका अनुसार धार्चे गाउँपालिका वडा नं. १ स्थ