विराटनगर : विराटनगरको रात्रि कालीन चहलपहल अब थप लम्बिने भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले प्रकृतिअनुसार मध्यरातपछि पनि व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरेसँगै विराटनगरमा राति २ बजेसम्म व्यापारिक तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्ने बाटो खुलेको हो।प्रशासनले नयाँ मापदण्ड लागू गर्दै रात्रिकालीन व्यवसाय सञ्चालनका लागि अनुमति दिने प्रक्रिया सुरु गरेको छ। मंगलबारदेखि इच्छुक व्यवसायीले सम्बन्धित वडा कार्यालयको सिफारिससहित जिल्ला प्रशासनमा निवेदन दिन सक्नेछन्। तर, अनुमति नलिई राति १० बजेपछि