भक्तपुरको सूर्यविनायक नगरपालिका निवासी राम श्रेष्ठले ३०० रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँ पुरस्कार जितेका छन् । श्रेष्ठले स्थानीय श्री च्युरा तथा राइस मिलबाट ३०० रुपैयाँको सामान खरिद गरेका थिए । सरकारले कात्तिक १६ देखि मसान्तसम्म सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत उनी १० लाख रुपैयाँको पुरस्कार विजेता बनेका हुन् । सरकारले कर प्रणालीमा