काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–ए–इन्साफ ९पीटीआई० का संस्थापक इमरान खानको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उनले छोराहरूले जेलभित्रै आफ्नो बुबामाथि शारीरिक तथा मानसिक यातना भइरहेको आरोप लगाउँदै उनको स्वास्थ्य अवस्था गम्भीर बनेको बताएका हुन् । बेलायतको स्काई न्युजसँगको अन्तर्वार्तामा छोराहरू सुलेमान इसा खान र कासिम खानले अदियाला जेलमा रहेका ७४ वर्षीय इमरानको स्वास्थ्य तीव्र रूपमा बिग्रिरहेको भन्दै तत्काल निजी अस्पतालमा स्थानान्तरण गर्न माग गरेका हुन् । उनीहरूका अनुसार इमरानको रक्तचाप अत्यधिक बढेको छ । उचित उपचार र चिकित्सकीय निगरानीको व्यवस्था नगरिए जेलभित्रै उनको ज्यान जान सक्ने उनीहरूले चेतावनी दिएका ... The post इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने– जेलमै ज्यान जान सक्छ appeared first on Kalika Khabar.