काठमाडौं : काठमाडौं उपत्यकामा आजबाट खानयोग्य प्रमाणित भई ‘स्वस्थ मासु’ को छाप लगाइएको मासु मात्र बिक्री–वितरण गर्न पाइने भएको छ। ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ जारी भएको २८ वर्षपछि आजदेखि कार्यान्वयनमा आएको छ। सरकारले पहिलो चरणमा काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका २१ वटै स्थानीय तहमा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ लाई पूर्णरूपमा कार्यान्वयनमा ल्याएको हो।यस अगाडि सरकारले गत भदौ १ गते नै राजपत्रमा सूचना प्रकाशित गरी देशभर तीन चरणमा ऐन